२० चैत्र २०८१ बुधबार
image/svg+xml ११:२ पूर्वाह्न
Tirtharaj Aadhikari Muktakmani
तीर्थराज अधिकारी मुक्तकमणि


तीर्थराज अधिकारी मुक्तकमणिका लेखहरु :

जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्!

कुनै लुटेरा कुनै चटुपाध्य छन्,देश विकासका नारा असाध्य छन्। जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्।

कहिले जुटेका छन् कहिले फुटेका छन्,जनतालाई चिउरा कुटेझैं कुटेका छन्!

कहिले जुटेका छन् कहिले फुटेका छन्, जनतालाई चिउरा कुटेझैँ कुटेका छन्। यो त खुला जबर्जस्ती भएन र हजुर, नादिर शाहले दिल्ली लुटेझैँ लुटेका छन्।

वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन!

यो नियमित प्रक्रिया हो तर अनन्त होइन, एउटा प्राकृतिक कारण हो वसन्त होइन। सिक्रो हुँदैमा बोट सुकेको नहुन सक्छ मित्र,वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन।

राजनीति अमर्यादित खेल कहाँ हो र साथी,यहाँ त पार्टीभित्र नै पवित्र गंगाजल हुन्छ!

उचाल्ने र पछार्ने विषयमा छलफल हुन्छ, कसैलाई दाग लागे शुद्धि गर्ने पहल हुन्छ। राजनीति अमर्यादित खेल कहाँ हो र साथी! यहाँ त पार्टीभित्र नै पवित्र गंगाजल हुन्छ।

राजनीति अमर्यादित खेल कहाँ हो र साथी!

उचाल्ने र पछार्ने विषयमा छलफल हुन्छ, कसैलाई दाग लागे शुद्धि गर्ने पहल हुन्छ। राजनीति अमर्यादित खेल कहाँ हो र साथी! यहाँ त पार्टीभित्र नै पवित्र गंगाजल हुन्छ।

उही आकाश दिनमा निलो रातमा कालो हुन्छ!

माकुराको रेशम रूप बदलेर जालो हुन्छ,रुमाल त्यही हो पुरानो भएपछि टालो हुन्छ विचित्र रहेछ नियम यो संसारको हजुर, उही आकाश, दिनमा निलो रातमा कालो हुन्छ।

कुनै बाह्रै महिना हरियो देखेर चिप्लिए!

कुनै निदान विनाको विधान लेखेर चिप्लिए, कुनै बाह्रै महिना हरियो देखेर चिप्लिए। भाँतीभाँतीका चिप्ल्याइँ हुँदा रहेछन् यो लोकमा,विचरो तीर्थे केराको बोक्रोमा टेकेर चिप्लिए।

खोस्दा खोस्दै मेरो देशको चित्र खोसे!

कृष्णले अर्जुनको नेत्र खोसे, इन्द्रले ऋषि पत्नीको चरित्र खोसे। खोस्न त यहाँ पनि केके खोसेखोसे! खोस्दा खोस्दै मेरो देशको चित्र खोसे।

औषधिको अभावमा अकाल मरण हुन्छ भने!

सुरक्षाको सवाल आउँदा त्वां शरणं हुन्छ भने,औषधिको अभावमा अकाल मरण हुन्छ भने। यस्तोलाई कुन दर्जाको शासन भनौँ साथी!खुला रूपमै प्रजातन्त्रको चीरहरण हुन्छ भने।

धन्न फूल भएकीले आँखाभरि बसेकी छौ प्रिय!

चन्दन भए तिलक बनाउँदा खिएर सकिने थियौ, वरदान भए तपस्वीलाई दिएर सकिने थियौ- धन्न फूल भएकीले आँखाभरि बसेकी छौ प्रिय! सरावहुँदि हौ त हरदिन पिएर सकिने थियौ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्