‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ ले आफ्नो मुहार पुस्तिका पृष्ठको पाँचौं स्थापना दिवसको अवसरमा लघुकथाकारहरू - श्रीओम श्रेष्ठ ‘रोदन’ र दिलिप राई ‘सगर’ लाई सम्मान गर्ने निर्णय गरेकाे छ।
२०८० सालबाट प्रदान गर्दै आएको लघुकथा केन्द्र सम्मान र कृष्णप्रसाद बास्तोलाले आफ्ना स्वर्गीय पिता योगनाथ बास्तोलाको नाममा स्थापना गरेको ‘योगनाथ बास्तोला लघुकथा सम्मान -२०८१’ का स्रष्टा घोषणा गरेको छ।
२०८१ फागुन २ गते केन्द्रका अध्यक्ष लता केसीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले उक्त निर्णय गरेको हाे।
हाम्रो लघुकथा केन्द्र, नेपालले ‘लघुकथा केन्द्र सम्मान-२०८१’ बाट चालिसको दशकबाट लघुकथा लेखन, विकास र विस्तारमा योगदान पुयाएकाे आएका ललितपुर, झम्सिखेलका स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’लाई प्रदान गर्ने निर्णय गरेको छ।
त्यस्तै मोफसलमा बसेर लघुकथा लेखनमा सक्रिय उर्लाबारी, मोरङका दिलिप राई ‘सगर’ लाई ‘योगनाथ बास्तोला लघुकथा सम्मान-२०८१’ बाट सम्मान गर्ने निर्णय गरेकाे छ।
लघुकथा केन्द्र सम्मान संस्थाको आजीवन सदस्यबाट रकम सङ्कलन गरी स्थापना गरिएको अक्षयकोषबाट प्रदान गर्न लागेको हो भने ‘योगनाथ बास्तोला लघुकथा सम्मान माछापुच्छ्रे गाउँपालिका, लाहाचोक कास्कीका कृष्णप्रसाद बास्तोलाले आफ्ना स्वर्गीय पिता योगनाथ बास्तोलाको नाममा अर्पण गर्न केन्द्रलाई नगद प्रदान गरेको हो।
योगनाथ बास्तोला लघुकथा सम्मान मोफसलमा बसेर लघुकथा सिर्जना गर्ने स्रष्टालाई यस वर्षदेखि कृष्णप्रसाद बास्तोलाको सहयोगमा नियमित रूपमा प्रदान गर्ने निर्णय समेत केन्द्रले गरेको छ।
सम्मानित स्रष्टा रोदनलाई केन्द्रले ११ हजार एक सय एघार र ‘सगर’ लाई ५ पाँच हजार एक सय रुपियाँसहित सम्मानपत्र समर्पण गर्ने छ।
हाम्रो लघुकथा केन्द्र नेपालले उल्लिखित पुरस्कार २०८१ चैत्र २ गते एक कार्यक्रम गरी अर्पिने भएको छ।
प्रकाशित: ८ फाल्गुन २०८१ ११:५७ बिहीबार