४ वैशाख २०८२ बिहीबार
image/svg+xml ७:१० पूर्वाह्न
राजनीति

एकताबारे निर्णायक वार्ता गर्न बाँकेको गाभर पुगे राउत र चौधरी

पार्टी एकताबारे निर्णायक छलफलका लागि जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी बाँके पुगेका छन्।

राउत र चौधरी निर्णायक वार्ताका लागि पार्टीका कार्यदलका सदस्यहरूसहित बाँकेको गाभर भ्याली पुगेका हुन्।

पार्टी प्रवक्तासमेत रहेका जनमत पार्टीका तर्फबाट गठित कार्यदलका सदस्य डा. शरदसिंह यादवका अनुसार एकता बारेको निर्णायक वार्ताको तयारी गरिएको छ। 'वार्ताको प्रक्रियामै छौँ,' उनले भने, 'तयारी गरेका छौँ। अब वार्ता सुरु हुन्छ।'

जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकता लगभग पक्कापक्की भइसकेको छ। एकता प्रक्रिया टुङ्ग्याउनका लागि दुबै पार्टीले कार्यदल गठन गरेका छन्। कार्यदलले आ-आफ्नो तर्फबाट एकताबारे प्रस्ताव तयार पारेका छन्।

वार्ताका क्रममा दुबै कार्यदलका प्रस्तावमाथि छलफल गर्ने र पार्टी एकताको एकीकृत दस्ताबेज तयार पार्ने नेताहरूले बताएका छन्। दुबै कार्यदलले एकीकृत पार्टीको अध्यक्ष, चुनाव चिह्न, पार्टी समितिहरूको सङ्ख्यालगायतका विषयहरू प्रस्तावित गरेका छन्। ती विषयहरू वार्ताका क्रममा टुङ्ग्याउने काम हुने बताइएको छ।

स्रोतहरूले उल्लेख गरेअनुसार पार्टीको नाम नागरिक जनमत पार्टी रहने छ भने अध्यक्षमा डा. चन्द्रकान्त राउत र संरक्षकमा रेशम चौधरी रहनेछन्। यस्तै पार्टीको चुनाव चिह्न भने ढकिया रहने बताइएको छ। 

प्रकाशित: २३ चैत्र २०८१ २१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App