३ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपासँग एकता भंग भएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्दै कुलमान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकता भंग भएपछि उज्यालो नेपाल पार्टीले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै छ।

दुई पार्टीबिच सहमति नजुटेपछि एकताको विषय टुंगिएको छ। एकताको विषय टुंगिएपछि उज्यालो नेपाल पार्टीका संरक्षक रहेका कुलमान घिसिङलाई पार्टीको अध्यक्ष बनाउने तयारी रहेको उनी निकट स्रोतले जनाएको छ।

आजै रास्वपाको आकस्मिक सचिवालय बैठक बसिरहेको छ भने उज्यालो नेपाल पार्टीको पनि आकस्मिक केन्द्रीय कमिटी बैठक जारी छ। बैठकले कुलमानलाई अध्यक्ष घोषणा गर्ने र आजै पार्टी कार्यालय त्रिपुरेश्वरमा बस्ने आकस्मिक पत्रकार सम्मेलनमा उक्त निर्णयबारे घोषणा गर्ने तयारी भइरहेको छ।

प्रकाशित: २६ पुस २०८२ १६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App