४ वैशाख २०८२ बिहीबार
image/svg+xml ०:२५ पूर्वाह्न
राजनीति

रविको गिरफ्तारीमा भिमार्जुनको प्रश्न: राज्यले आफ्नो नागरिकलाई पक्रन रातिको समय किन रोज्छ?

संविधानविद् डा. भिमार्जुन आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गिरफ्तार गरिएको तरिकाप्रति गम्भीर प्रश्न उठाएका छन्। 

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेपछि प्रहरीले बूढानीलकण्ठस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। 

तर, यो प्रक्रियाको समय र शैलीमाथि डा. आचार्यले आपत्ति जनाएका हुन्। सामाजिक सञ्जाल एक्समा आचार्यले लेखेका छन्, ‘अदालतको आदेशको पालना र कार्यान्वयन हुनु पर्नेमा कुनै द्विविधा छैन। तर, लोक कल्याणकारी राज्यले आफ्नो नागरिकलाई पक्रन रातिको समय किन रोज्छ?’

उनले प्रक्रियागत महत्त्वमाथि जोड दिँदै थपे, ‘उच्चको आदेश जिल्ला अदालतमा जान्छ, जिल्लाले कार्यान्वयनका लागि सम्बन्धित निकायलाई लेखी पठाउँछ, लेखी पठाएको आदेश लिएर प्रहरीले दिउँसोको समयमा व्यक्तिलाई कानूनको नियन्त्रणमा लिन्छ वा व्यक्ति आफैँले सरेण्डर गर्छ।’

उच्च अदालतको आदेशपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामिछानेलाई नियन्त्रणमा लिएको थियो। शुक्रबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएका लामिछानेलाई शनिबार भैरहवा लगिएको छ। 

प्रकाशित: २३ चैत्र २०८१ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App