१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

हालसम्म डेढ लाखले गरे भक्तपुर महोत्सव अवलोकन

भक्तपुर सल्लाघारीमा सञ्चालन भइरहेको नवौं औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ।

सातौं दिनसम्ममा करिब १ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गरिसकेको आयोजकले जानकारी दिएको छ।

चैत २८ गतेदेखि सुरु भएको महोत्सव आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिए।

उनका अनुसार महोत्सवमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, कृषि तथा हस्तकलाका सामग्री, आधुनिक कृषि औजार, अटोमोबाइल, सूचना प्रविधि, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्रीको प्रदर्शनी र विक्री भइरहेको छ।

महोत्सवमा करिब १५० वटा स्टल रहेका छन्। महोत्सव संयोजक दीपक थापाले स्थानीय हस्तकला र कृषि उत्पादनलाई प्राथमिकता दिइएको सुनाए।

उनले बालबालिका मनोरञ्जनका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ, खेलौना स्थल, रोटे पिङ, रेन्जर र मारुती सर्कस जस्ता आकर्षण समावेश गरिएको जानकारी दिए।

साँझपख महोत्सव स्थलमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, हाँस्यव्यङ्ग्य, नृत्य प्रतियोगिता तथा फेसन शोले दर्शकको ध्यान खिचेको छ। स्थानीय खानाको विशेष स्टलसहित पर्यटकीय गतिविधिहरू पनि महोत्सवको मुख्य आकर्षण बनेका छन्।

कोषाध्यक्ष प्रीतम मल्लका अनुसार महोत्सवमा बिक्री गरिने सामग्रीमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

पाँच लाखभन्दा बढी दर्शक पुग्ने अपेक्षा गरिएको महोत्सवलाई व्यवस्थित गर्न प्रवेश शुल्क ५० र  ८० तोकिएको छ। विद्यार्थीहरूलाई ५० प्रतिशत र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

आगामी वैशाख १३ गते भक्तपुर सांगीतिक साँझ–२०८२ अन्तर्गत चर्चित गायकगायिकाको विशेष प्रस्तुति पनि महोत्सवमै हुनेछ।

प्रकाशित: ३ वैशाख २०८२ १८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App