२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दिनभरको ‘म्याराथन’ राजनीतिक भेटघाटपछि निस्किए बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बिहीबार दिनभरको लामो र सघन राजनीतिक भेटघाट सकेर कुपण्डोलस्थित वार्तास्थलबाट बाहिरिएका छन्।

बिहानैदेखि ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार व्यञ्जनकारको निवासमा उनले ‘म्याराथन’ बैठक गरेका थिए।

साँझपख वार्तास्थलबाट बाहिरिँदा मेयर शाहले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिन चाहेनन्। यद्यपि दिनभरको दौडधुपले उनी राष्ट्रिय राजनीतिको नयाँ कोर्समा प्रवेश गरेको भन्ने संकेत भने दिए।

मेयर शाहले बिहानैदेखि विभिन्न चरणमा शीर्ष नेता तथा अभियन्ताहरूसँग छलफल गरेका थिए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस नेता सुनिल शर्मा, , स्वतन्त्र सांसद अमरेशकुमार सिंह, रास्वपा सांसद शिशिर खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँग ‘वान अन वान’ तथा सामूहिक वार्ता गरेका थिए।

यसका साथै उनले जेन-जीका प्रतिनिधिहरूसँग पनि लामो समय छलफल गर्दै नयाँ राजनीतिक अभियानमा साथ दिन आग्रह गरे।

प्रकाशित: १० पुस २०८२ २०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App