२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

छल्दी खोलामा बन्यो झोलुङ्गे पुल

गुल्मीको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिकामा पर्ने छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ। 

यहाँ धुर्कोटको गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको राङ्दलचौर जोड्नका लागि छल्दी खोलमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो।  

सस्पेन्सन ब्रिज डिभिजन ललितपुरमार्फत रु एक करोड ८४ लाखको लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो। पुलको भारवहन क्षमता ७९९ जना मानिस अट्ने रहेको छ। पुल बनेसँगै घण्टौँ समय लगाएर यात्रा गर्नुपर्ने बाध्यता टरेको स्थानीयले बताएका छन्।  

स्थानीय रामबहादुर मुखियाले खोला वारि र पारि रहेका बस्तीलाई जोड्नका लागि झोलुङ्गे पुलले ठूलो सहयोग पुगेको बताए। 'हिउँदयाममा खोला तरेर वारिपारि गरिन्थ्यो, तर वर्षायाममा त्यही नजिकै जान पनि तलबाट धेरै घुमेर जानुपथ्र्यो, अब त्यो समस्या टरेको छ', उनले खुसी हुँदै भने।  

 झोलुङ्गे पुल बनेपछि पर्यटकीयस्थल विचित्र गुफा जान र हिमालय मावि पुग्ने विद्यार्थीलाई समेत ठूलो राहत पुगेको स्थानीय बोमलाल भण्डारीले बताए। पुलका कारण त्यस क्षेत्रमा घुमघाम गर्न, टिकटक बनाउन र तस्बिर खिचाउन आउने मानिसहरूको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको स्थानीय तारा बोहोराले बताए।  

पुल निर्माण भएसँगै धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई सहज भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए। मदनभण्डारी राजमार्गको छेउबाट उक्त झोलुङ्गे पुल तरेपछि १० मिनेटमा विचित्र गुफा पुग्न सक्न्छि। लामो पुलका कारण यस क्षेत्रको पर्यटन विकासमा समेत थप टेवा पुगेको उहाँले बताउए। रासस

प्रकाशित: २९ फाल्गुन २०८२ १७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App