काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हाम्रो पार्टी नेपाल (हापाने) का सभापति खगेन्द्र सुनारबीच भेटवार्ता भएको छ । भेटका क्रममा मेयर शाहले आफू खुला राजनीतिमा आउने भए के गर्ने भन्ने जिज्ञासा राखेको सुनारले बताए । ‘म पनि खुला राजनीतिमा आउने भए के गरौँ ?’ बालेनले भनेको भनाइ उदृत गर्दै सुनारले भने ।
यसको जवाफमा हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारले देशको अवस्था गम्भीर मोडमा पुगेको भन्दै पुरानो राजनीतिक संस्कृतिको विकल्प खोज्नुपर्नेमा जोड दिए । उनले भने, ‘गनाउने कांग्रेस–एमाले त मिल्नुपर्छ भन्दै छन् भने बनाउने हामी मिल्नुको विकल्प छैन ।’
सुनारका अनुसार मुलुकलाई अहिले सत्ता र स्वार्थ केन्द्रित राजनीतिभन्दा माथि उठेर सोच्ने नेतृत्व आवश्यक छ । भेटका क्रममा सुनारले ‘देश पहिला’ भन्ने अवधारणालाई जोड दिँदै भने, ‘देश पहिला, देशपछि अरू…त्यसपछि अरू । अब देशले जित्छ ।’ मेयर शाह र सुनारबीचको भेटलाई वैकल्पिक राजनीति र नयाँ गठबन्धनको संकेतका रूपमा पनि हेरिएको छ ।
प्रकाशित: १० पुस २०८२ २०:०६ बिहीबार



-600x400.jpg)

