१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भ्रष्टाचारविरुद्ध रास्वपा कठोर रूपमा प्रस्तुत हुन्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध आफ्नो पार्टी कठोर रूपमा प्रस्तुत हुने बताएका छन्।

उनले देशमा विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिँदै यस्तो बताएका हुन्। उनले विसं २०४६ सालदेखि भएका सबै काण्डको छानबिन हुने पनि बताएका छन्।

साथै रविले देशमा रोजगारी, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने बताए।

आज इटहरीमा आयोजित पार्टीको परिवर्तन उद्घोष सभामा उनले देश नयाँ इतिहास लेख्ने चरणमा पुगेको उल्लेख गर्दै आगामी २१ मा हुने मतदानले परिवर्तनको दिशालाई स्पष्ट पार्ने विश्वास व्यक्त गरे। निर्वाचनपछि प्राप्त परिणामलाई सबैले स्वीकार गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन आवश्यक रहेको उनले बताए।

प्रकाशित: १२ फाल्गुन २०८२ २०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App