पृथ्वीराजमार्ग अन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा बुधबार दिउँसो तरकारी बोक्ने जिप र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–३ का २० वर्षीय रुपेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ च ८३९० नम्बरको तरकारी बोक्ने जिप र विपरीत दिशाबाट आउँदै गरेको ग १६ प १५७० नम्बरको स्कुटर ठोक्किँदा घाइते गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।
दुर्घटनामा स्कुटरमा सवार आँबुखैरेनी गाउँपालिका–३ का १९ वर्षीय रोहन मगर घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३ वैशाख २०८२ २०:३६ बुधबार





