१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

संयन्त्रको बैठकमा गगन अनुपस्थित

<br>

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ।

सरकार ढल्ने चर्चाका बीच बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकार उपमहासचिव विष्णु रिमाल बैठकमा सहभागी छन्।

कांग्रेसका तर्फबाट सभापति देउवाका अलावा गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र परराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य डा. आरजू राणा देउवा सहभागी छन्।

बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खण्ड र महामन्त्री गगन थापा भने सहभागी छैनन्। यद्यपि, उनीहरू पनि संयन्त्र सदस्य हुन्। उनीहरू पार्टीको जिल्ला अधिवेशनहरूमा व्यस्त रहेका छन्।

यसअघि गगन थापाले प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाहरूको पहुँच रहेको अभिव्यक्ति दिएका थिए। थापाको त्यो अभिव्यक्तिको एमाले नेताहरूले खण्डन गरेका छन्।

प्रकाशित: ३ वैशाख २०८२ २१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App