१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

'सरकार र दल दुबैतिर केही समस्या छैन'

गृहमन्त्री रमेश लेखकले सरकार र दल दुबैतिर समस्या नभएको बताएका छन्।

बुधबार (आज) साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि उनले यस्तो बताएका हुन्।

उनले भने, 'हाम्रा बीचमा कुनै समस्या छैन। सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ। यस्तो कुनै समस्या छैन।'

सरकार परिवर्तन हुन सक्ने चर्चाका बीच बसेको संयन्त्रको बैठकले सरकार र दुई दल कांग्रेस-एमालेमा कुनै समस्या नभएको सन्देश दिएको छ। कतिपय कमजोरीलाई सुधारेर लानुपर्ने आवश्यकता रहेको लेखकले औँल्याएका छन्।

यद्यपि, सरकारले सक्दो काम गरिरहेकै बताए। त्यो तथ्याङ्कमा हेर्नुपर्ने उनले बताएका छन्।

प्रकाशित: ३ वैशाख २०८२ २१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App