नारी स्रष्टा समाज, काेशी प्रदेश, विराटनगरले स्रष्टाहरूलाई सम्मान अर्पिने भएकाे छ। अक्सिजन कवि धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी पुरस्कार-२०८१ देवीप्रसाद घिमिरे र स्थिति लम्साल बालस्रष्टा पुरस्कार-२०८१ सिल्भिया खड्कालाइ अर्पिने भएकाे छ।
त्यसै गरी समाजले नेपाली साहित्यमा क्रियाशील छ नारी स्रष्टा - रञ्जु खनाल, लता केसी, कालिका त्रिपाठी, मन्दिरा मधुश्री, सविता शर्मा र नविना श्रेष्ठलाई पनि नारी स्रष्टा सम्मान अर्पिने भएकाे छ।
स्रष्टा सम्मान कार्यक्रममा लाेकप्रिय लघुकथाकार ध्रुव मधिकर्मीको लघुकथामा बहस पनि रहेकाे छ।
प्रकाशित: १९ फाल्गुन २०८१ १३:२६ सोमबार