सत्तारूढ दल नेकपा (एमाले) का नेता विष्णु रिजालले राज्यको विशिष्ट स्थानमा पुगेकाहरूप्रति राज्यको दायित्व हुने बताएका छन्।
पूर्वविशिष्टहरूलाई आजीवन सेवा-सुविधा दिने बहस चलिरहँदा नेता रिजालले भनेका छन्, 'राजनीति जागिर होइन, व्यापार पनि होइन । सेवा होस सक्नेले गर्ने हो । तर, राज्यको विशिष्ट स्थानमा पुगेकाहरूप्रति राज्यको दायित्व हुन्छ।'
राज्य भइसकेपछि त्यसका केही न्यूनतम मापदण्ड र भारहरू हुने रिजालले औँल्याएका छन्। 'बिना कानून, पटके निर्णयबाट र मन परेका आधारमा सुविधा दिनुभन्दा कानून बनाएर एकरूपता ल्याउनु राम्रो हो। कति सुविधा दिने वा नदिने भन्ने कुरा राज्यको आर्थिक क्षमता, आम नागरिकको जीवस्तर र समय-सन्दर्भ विचार गरेर निर्णय गर्नु उपयुक्त हुन्छ,' उनले फेसबूकमा लेखेका छन्।
सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी कानून बनाउन लागेको कुरा चर्चामा छ अहिले। तर, यसको चौतर्फी विरोध भएको छ। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रै पनि यसको विरोध भएको छ।
प्रकाशित: २ चैत्र २०८१ ०९:३६ शनिबार