५ चैत्र २०८१ मंगलबार
image/svg+xml ६:४९ पूर्वाह्न
राजनीति

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्न जनसमुदायसँग एकजुट हुन अपील गरेको छ।

ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमा नेकपा नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्र विरुद्ध संघर्ष गर्ने निर्णय गरेको जानकारी दिए।

मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठकराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रवैया र गतिविधीका कारण जनतामा निराशा फैलिएको आरोप लगाएको छ।

नेता विश्वकर्माले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको बताए। उनले सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रित रहेको र अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसदमा दर्ता भएका महत्वपूर्ण विधेयकहरु नियन्त्रण गरी राख्नेमा उद्धत रहेको आरोप लगाए।

नेता विश्वकर्माले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठकराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रवैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गइरहेका छन्। राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ।”

उनले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको र नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा पुगेको सुनाए।

सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रित रहेको र लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दै अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसदमा दर्ता भएका महत्वपूर्ण विधेयकहरु नियन्त्रण गरी राख्नेमा उद्धत रहेको आरोप लगाए।

नेता विश्वकर्माले सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको जिकिर गरे।

उनले यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखापरेको बताए।

समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसद भित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, बुद्धिजीवी लगायत नेपाली समाजका सबै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुनःउत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी लिने बताए।

यसका लागि २०८१ चैत १५ गते (शुक्रबार) का दिन काठमाडौंमा विशाल विरोध प्रदर्शन सहितको जनसभा आयोजना गरिएको छ।

समाजवादी मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई अपील गरेको छ।

प्रकाशित: २ चैत्र २०८१ १५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App