५ चैत्र २०८१ मंगलबार
image/svg+xml ६:४९ पूर्वाह्न
राजनीति

रघुजीलाई ज्ञानेन्द्रको जवाफ: तपाईंजस्तो ओलीको पछाडि हिँडेर आएको होइन

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आफू जुम्लाबाट हाहा होहो गरी नभएर जनताबाट चुनाव जितेर आएको बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद रघुजी पन्तले शाहीलाई आफूसँग बहस गर्न इतिहास पढेर आउन र इतिहास पढ्न हाहाहोहो गरेजस्तो नहुने बताएका थिए।

पन्तलाई जवाफ दिँदै शाहीले आफू जनताबाट चुनाव जितेर आएको बताएका हुन्। शाहीले पन्त जसरी प्रधानमन्त्री केपी शर्मा ओलीको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर नआएको पनि बताएका छन्।

शाहीले लेखेका छन्, 'जुम्लाबाट हाहा हो हो गरेर आएको होइन जनताबाट चुनाव जितेर आएको हो माननीय ज्यू तपाईँ जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन।'

प्रकाशित: ३ चैत्र २०८१ १४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App