५ चैत्र २०८१ मंगलबार
image/svg+xml ६:४९ पूर्वाह्न
राजनीति

रञ्जितासँग सीकेले भने- जबरजस्ती पार्टी एकता गर्न खोजेका होइनौँ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतबीच छलफल भएको छ।

उनीहरूबीच आइतबार (आज) दिउँसो नयाँ बानेश्वर संसद् भवनमा छलफल भएको हो। छलफलका क्रममा श्रेष्ठले 'पार्टी एकताबारे तपाईंको धारणा के हो, के हुँदैछ ?' भनेर राउतलाई सोधेकी थिइन्।

जवाफमा राउतले आफूले सबैको सहमतिमा नै एकता हुनुपर्ने धारणा राखेको बताएका थिए। राउतलाई उद्धृत गर्दै श्रेष्ठले भनिन्, 'डा. साबले त्यसरी जबरजस्ती एकता गर्ने होइन, सबैको सहमतिमा गर्ने हो भनेर भन्नुभयो।'

राउतसँगको छलफलपछि श्रेष्ठले नागरिकसँग भनिन्, 'सकारात्मक कुराकानी भयो। पार्टी एकता हुँदा सबैको सहमतिमा हुन्छ। तर, बाहिर भनिएजसरी तत्कालै एकता हुने होइन। त्यो प्रक्रियाअनुसार हुन्छ।'

श्रेष्ठले अब चाँडै राउत, पार्टी संरक्षक रेशम चौधरीसहित आफूहरू तीन जनाको बीचमा पनि छलफल हुने बताइन्। त्यसपछि मात्रै आफूहरू ठोस निर्णयमा पुग्ने उनले बताएकी छन्।

यसअघि राउत र चौधरीका बीचमा निरन्तर पार्टी एकताबारे संवाद भइरहेको थियो। चौधरीले त राउतको जनमत पार्टीसँग चाँडै एकताको घोषणा हुने भन्दै ९ बुँदे सम्झौतासमेत भइसकेको बताएका थिए।

यसपछि अध्यक्ष श्रेष्ठले राउतसँग पहिलोपटक आधिकारिक रूपमा संवाद गरेकी हुन्।

प्रकाशित: ३ चैत्र २०८१ १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App