२४ पुस २०८१ बुधबार
image/svg+xml

भागरथी हत्याका आरोपितलाई पाँच दिन म्याद थप

दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपितलाई पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटनाका आरोपित दिनेश भट्टमाथि अनुसन्धान गर्न यसअघि पाँच दिनको लागि थपिएको म्याद सकिएपछि थप अनुसन्धान गर्न पाँच दिन म्याद थपिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरी घटनाको १२ वर्षपछि पक्राउ गर्न सफल भएको छ।

फरार भएका २ अभियुक्त ६ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगको अपराधमा संलग्न भई दोषी ठहर भएका उदयपुरका २ अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् ।

कोरोना कहरमा मलको हाहाकार : ‘रासायनिक मल किन्दा किसानलाई ज्यानको जोखिम’

महिना दिन अघि देखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ । भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो । ८२ किलोमिटर खुला सीमामा रासानिक मल किन्न दैनिक सयौं किसान सीमावर्तीमा पुग्छन्।

प्रहरी जवान मृत्यु प्रकरण : इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश

पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ ।

कुलोले बगाउँदा ताप्लेजुङको सिनामका ७ वर्षे बालकको ज्यान गयो

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनामका ७ वर्षे बालक रविन दर्जीको नेबु खोला नजिकैको कुलोमा बगेर ज्यान गएको छ ।

निर्माण भईरहेको घरबाट हामफालेर मजुदरले ज्यान गुमाए

कपिलवस्तुको कृष्णगनर नगरपालिका– २ स्थित घर निर्माण कार्यमा एक मजदुर छतबाट हामफालेर ज्यान गुमाएका छन् । स्थानीय जाहिद खानको घरमा काम गर्ने जिल्ला कपिलवस्तु शिवराज नगरपालिका ६ खैरिका ३८ वर्षिय दिपु लोहारले छतबाट हामफालेर ज्यान गुमाएका हुन । लोहारले अचानक ३ तले घरको १ तला छतबाट आफै हामफालेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर एक जनाको ज्यान गयो

रसुवामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको नौकुण्ड गाउँपालिका–५, भोर्लेका २६ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् । आफ्नै घरको चिम फेर्ने क्रममा आइतबार राति साढे ९ बजे करेन्ट लागेर उनी घाइते भएका थिए ।

एक सातामा तीन दुर्घटना : दुईको मृत्यु, १४ गम्भीर

फागुन २१ गते गोरखाको आरूघाट गाउँपालिका–१ मान्बुमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने धार्चे गाउँपालिका उपाध्यक्ष सहित सात जना गम्भीर घाइते भए । धार्चे गाउँपालिका वडा नं.६ का वडा सचिव किरण भण्डारीको घटनास्थलमै ज्यान गयो । अन्य घाइते भएकालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौँ लगियो । अहिले पनि उनीहरूको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

कर्तब्य ज्यान मुद्दाका दुई अपराधी पक्राउ

धादिङ प्रहरीले कर्तब्य ज्यान मुद्दाका दुई फरार अपराधीलाई पक्राउ गरि सार्वजनिक गरेको छ। ‘फरार प्रतिवादी पक्राउ अभियान’ अन्र्तगत मंगलबार कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो।

ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

कुटपिटमा एकको ज्यान गयो

गोरखा नगरपालिका-८ थालकडाँडामा एकआपसमा कुटपिट गर्दा बुधबार एक वृद्धको ज्यान गएको छ। गोरखा नगरपालिका-८ का ५९ वर्षिय गोपाल उपरकोटी ज्यान गएको हो।

ज्यानमारा छाउपडी

फेरि एउटा ज्यान खायो– ज्यानमारा छाउपडी प्रथाले। पछिल्लोपटक अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बुढा राउत यो कुप्रथाको सिकार भएकी हुन्। सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोल्पा, कालिकोट, दैलेख, बाजुरा, डोटी, दार्चुला, बैतडी, डडेलधुरालगायत पहाडी जिल्लाका विशेषगरी ग्रामीण क्षेत्रमा यो कुप्रथा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्