coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरी घटनाको १२ वर्षपछि पक्राउ गर्न सफल भएको छ।  

मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघु चित्रेका ३६ वर्षीय बिजु भन्ने बिजय तामाङ कर्तव्य ज्यान मुद्दाको १२ वर्षपछि प्रहरी नियन्त्रणमा परेका छन्। उनलाई ताप्लेजुङ जिल्ला अदालतले २०७६ साल जेठ २ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठका अनुसार बिजयसहित ८ जनाको समूहले २०६६ साल पुस २ गते राति ढुङ्गेसाँघुका २४ वर्षीय राजिन वनेमको कर्तव्य गरी हत्या गरेका थिए। जुन घटनाका आरोपितलाई अदालतले समेत दोषी ठहर गरिसकेको छ।  

तत्कालिन ढुङ्गेसाँघु गाउँ विकास समिति वडा नं ४ बस्ने बिजयसहित ८ जनाको समूहले तत्कालिन ढुङ्गेसाँघु गाविस वडा नं ३ बस्ने २४ वर्षीय वनेमलाई खानीटोल कप्तान डाँडाको एक घरमा आयोजित बर्खान्तमा बोलाइ रिसिइवी राखी मारेको घटनामा अदालतले दोषी ठहर गरेको हो। बिजयसहितको समूहले राजिनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटना बिवरण प्रहरीसंग छ। जिल्ला प्रहरी प्रमुख श्रेष्ठका अनुसार पक्राउ परेका प्रतिवादी तामाङ घटनाको केहि समय पछि प्रहरीलाई छक्याइ खाडी समेत पुगेको पाइएको छ।  

विदेशबाट फर्किएका उनी त्यसयता भने नेपालकै बिभिन्न स्थानमा लुकिछिपी बस्दै गरेको र पछिल्लो समय गाउँ फर्किएको गोप्य सूचनाका आधारमा पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए। श्रेष्ठले अहिले फरार प्रतिवादी पक्राउलाई आफ्नो कार्यभारको मुख्य एजेण्डा बनाएका छन्। ‘फरार प्रतिवादीको सूची पल्टाएर हेर्दा यो घटनाका दोषी समेत पक्राउ नपरेको जानकारी पाएँ’उनले भने‘त्यसपछि नियमित फलोअप गर्दै जाने क्रममा प्रतिवादी पक्राउ परे’ प्रहरी प्रमुख श्रेष्ठले भने।  

बिभिन्न घटनाका फरार प्रतिवादी पक्राउ नपर्दा समाजमा अपराधका घटना बढ्ने र तथा पीडित परिवारले समेत न्याय पाउने प्रकृयाबाट टाढा रहने अवस्थाको अन्त्य गर्न आफूले पछिल्लो समय फरार प्रतिवादी पक्राउलाई अभियानकै रुपमा अघि बढाएको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २५ कार्तिक २०७७ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App