२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन: कोशीमा नेपाली कांग्रेसका थापा निर्विरोध

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि कोशी प्रदेशबाट ३ पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन्  । बुधबार मनोनयन दर्ताका लागि तोकिएको समयमा ३ पदका लागि ५ जनाले उम्मेदवारी दिएका हुन् ।  

कांग्रेस, एमाले र जसपा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका सुनिल थापा,  दलित तर्फ  एमालेका सोम पोर्तेल र  महिलातर्फ रोशनी मेचे  तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेदवारी परेको छ ।  

अन्य तर्फबाट एक जनाको मात्रै उम्मेदवारी परेका कारण नेपाली कांग्रेसका सुनिल थापाको एकल उम्मेदवारी परेको छ । जसका कारण थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध भएका छन् ।  

नेकपाका उम्मेदवार हेमराज घिमिरेले वारेसमार्फत पठाएको निवेदन र फारममा हस्ताक्षर नभएपछि उनको उम्मेदवारी कायम नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्लष्टरमा सुनिल थापाको मात्रै नाम रहेको छ । 

प्रकाशित: २३ पुस २०८२ १७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App