१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कर्तब्य ज्यान मुद्दाका दुई अपराधी पक्राउ

धादिङ- धादिङ प्रहरीले कर्तब्य ज्यान मुद्दाका दुई फरार अपराधीलाई पक्राउ गरि सार्वजनिक गरेको छ। ‘फरार प्रतिवादी पक्राउ अभियान’ अन्र्तगत मंगलबार कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो।

घरायासी विवादका कारण आफ्नै श्रीमतीलाई फलामको ढुङग्रोले प्रहार गरी मृत बनाई फरार रहेका जिल्लाको निलकण्ठ नगरपालिका वडा नं १४ लाकुरीडाँडास्थित लुरेबहादुर नेपालीलाई पक्राउ गरिएको हो। गत फागुन २३ गते आफ्नै श्रीमती ४२ वर्षीया कान्छीमाया परियारलाई फलामको ढुङग्रो समेतले टाउको र शरीरको विभिन्न भागमा प्रहार गरी कर्तब्य गरी मारेका थिए।

त्यस्तै फागुन २३ गते राति जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं ४ सुबिटारस्थित कच्ची सडक खण्डमा ६३ वर्षीय गोपाले दमाईलाई सोही ठाउँका १९ वर्षीय राजेश बास्कोटाले ढुङगाले टाउको र अनुहारको भागमा प्रहार गरेका थिए।

मृत बनाएर फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय धादिङलले खोजतलास गरी सोही दिननै बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ शितलबजारबाट पक्राउ गरिएको हो। दुई घटनाका अपराधीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।

 

प्रकाशित: २७ फाल्गुन २०७६ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App