२५ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

फरार भएका २ अभियुक्त ६ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगको अपराधमा संलग्न भई दोषी ठहर भएका उदयपुरका २ अभियुक्त छ वर्षपछि पक्राउ परेका छन् । अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा संलग्न भएको आरोपमा जनही ५/५ वर्ष कैद सजाय सुनाए पनि फरार रहँदै आएका चौदण्डीगढी नगरपालिका १ का २८ वर्षीय धनबहादुर राई र सोही ठाउँका २५ वर्षीय अमर राई पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार जिल्ला अदालतबाट ०७१ कात्तिक ९ गते बसेको इजालसले उनीहरु दुवैलाई उक्त कैद सजायको फैसला सुनाएको थियो । तर, प्रहरी सूचीमा फरार रहदै आएको देखिए पनि घरमै बस्दै आएको भन्ने सुराकीको आधारमा टोली खटाई उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए ।

इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको विशेष टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउलगत्तै जिल्ला प्रहरी कार्यालय ल्याएर फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको छ । प्रहरीले बुझाएलगत्तै अदालतले उनीहरुलाई कारवाही प्रक्रिया अघि बढाएको जनाइएको छ ।

प्रकाशित: १३ श्रावण २०७७ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App