१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

हत्या गर्नेलाई जन्मकैद

ओखलढुंगा – जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा कसुर गरेको ठहर गर्दै दाङका एक युवालाई जन्मकैदको सजाय सुनाएको छ।

जिल्ला न्यायधिश दलबहादुर केसीको इजलासले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्या गरेको कसुरमा दाङ, भालुवाङका ३७ वर्षीय संजितकुमार थापालाई जन्मकैद (२५ वर्ष)को सजाय सुनाएको स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए।

थापाले २०७५ भदौ ५ गते मोलुङ गाउँपालिकास्थित घरमै कार्कीको हत्या गरेका थिए। थापाले घरमा एक्लै भएको समयमा कार्कीलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए। हत्या गरी भागेका थापालाई प्रहरीले २०७५ भदौ १२ गते दाङको भालुवाङबाट पक्राउ गरेको थियो। प्रहरीले थापाविरुद्ध सोही भदौ १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो।
प्रहरीले क्रुर अमानवीय तवरले यातना दिएर हत्या गरेको कसुरमा थापाविरुद्ध आजिवन कारावासको सजाय माग दाबी गरेको थियो। क्रुर तरिकाले कार्कीको हत्या नगरेको तर आरोपितले अभियोग स्विकारेकाले जन्मकैद कसुर ठहर भई सजाय तोकिएको जिल्ला अदालतले जनाएको छ।

अनुसन्धानका क्रममा थापाले आफ्नी पत्नीसँगको सम्बन्धका कारण कार्कीको हत्या बयान दिएका थिए। दुबई प्रहरीमा कार्यरत थापाले नेपाल आएर कार्कीको हत्या गरेको थिए।

प्रकाशित: १४ मंसिर २०७६ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App