१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो, अन्य ३ को खोजीमा कठिनाइ

लमजुङमा पहिरोमा परी बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ।

लगातारको वर्षाका कारण राति गएको पहिरोमा परी बेपत्ता भएका ६७ वर्षीय *रुद्रमान गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता मेघनाथ चापागाईंले बताए।

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा गयराति पहिरोले ३ वटा घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका थिए। जसमा रुद्रमान गुरुङकाे शव आज बिहान फेला परेको हो।

प्रहरी प्रवक्ता चापागाईंका अनुसार रुद्रमानका ३६ वर्षीया बुहारी, अन्दाजी ७–८ वर्षकी र ४–५ वर्षकी दुईजना नातिनी अझै बेपत्ता छन्। उनीहरूको खोजीको प्रयास भइरहेको छ।

यता, लमजुङमा अझै पानी परिरहेका कारण उद्धार र खोजी कार्य प्रभावित बनिरहेको पनि उनले बताए।

*सच्चाइएको : यसअघि मृतकको नाम रुद्रमान गुरुङ हुनुपर्नेमा अन्यथा हुन गएकोमा क्षमा याचनासहित सच्चाइएको छ।  -सम्पादक

प्रकाशित: १२ असार २०८१ ०९:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App