१७ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

दुईभन्दा बढी विषयमा एनजी ल्याउनेले पनि एसइईमा मौका परीक्षा दिन पाउने

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८०  मा दुईभन्दा बढी विषयमा एनजी ल्याउनेले पनि मौका परीक्षा दिन पाउने भएका छन् ।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेसँगै दुईभन्दा बढी विषयमा एनजी ल्याउनेले पनि मौका परीक्षा दिन पाउने भएका हुन। 

शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी हुन।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)  ले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड(एनजी)मा परेका छन्।यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो।

यसअघि निर्देशिकामा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले अर्को वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने व्यवस्था रहेको थियो।यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ।

प्रकाशित: १४ असार २०८१ २२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App