कपिलवस्तुको कृष्णगनर नगरपालिका– २ स्थित घर निर्माण कार्यमा एक मजदुर छतबाट हामफालेर ज्यान गुमाएका छन् । स्थानीय जाहिद खानको घरमा काम गर्ने जिल्ला कपिलवस्तु शिवराज नगरपालिका ६ खैरिका ३८ वर्षिय दिपु लोहारले छतबाट हामफालेर ज्यान गुमाएका हुन । लोहारले अचानक ३ तले घरको १ तला छतबाट आफै हामफालेको प्रहरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीय मेडिकलमा लगीएको थियो । देखाउदा दाहिने हात र दाहिने खुट्टा भाचिएको, शरीरको भित्री भागमा चोट लागेकोले थप उपचारको लागि बुटवल प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । लाहोरको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्ले बताए । हामफाल्नुको कारण नखुलेको र घटनाको अनुसन्धान भईरहेको मल्ले बताए ।
प्रकाशित: ९ असार २०७७ १४:२६ मंगलबार