२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई  उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

नेपाल सरकार, मन्त्रीपरिषद्को गत मंसिर ३ गते बसेको बैठकले  ढकाल र खड्कालाई उपरथी दर्जामा पदोन्नति गरेको थियो

उपरथी दर्जामा पदोन्नति भएका उपरथी सन्तोष कुमार ढकाललाई श्री पूर्वी पृतना हेडक्वाटको पृतनापति तथा उपरथी सहदेव खड्कालाई श्री राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ। 

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका ४ जना   महासेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।  

प्रकाशित: ५ मंसिर २०७७ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App