२५ पुस २०८१ बिहीबार
image/svg+xml

विधिमा बलमिचाइ

ज्यान मार्ने उद्योग मुद्दा खेपिरहेका नेकपाबाट सांसद पार्वत गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएकामा न्यायिक र राजनीतिक वृत्तमा चर्चा र बहस सुरु भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता भई कारबाहीयुक्त अवस्थामा छ। उनी १ महिनाअघि साधारण तारेखमा छुटेका हुन्।

कर्तव्य ज्यान मुद्दामा फरार चार अभियुक्त ८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन्। उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।

ज्यान गुमाउनेको संख्या २३ पुग्यो

चिलीमा जारी हिंसात्मक प्रदर्शनका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ। चिलीमा पाँच सातादेखि सरकारविरोधी प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका कारण देशको अवस्था दिनप्रति दिन बिग्रदै गएको छ र देशका विभिन्न सहरमा लुटपाटसमेत भएका खबर बाहिरिएका छन्।

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्धामा खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका ४३ वर्षीय गोपाल राई जेल चलान भएका छन्।

‘राजनीतिक मुद्दामा प्रतिशोध साँधियो, बयान दिन अदालत जान्छु’

अहिले अदालतले बयान दिनका लागि ३५ दिनभित्र आउनुस भनेर बोलाएको हो। बाहिर हल्ला भए जस्तो पक्राउ पुर्जी काटिएको हैन। यो चुनाव ताकाको बिशुद्ध राजनीतिक मुद्दा हो। यस्ता किसिमका तिकडम र प्रचारबाजीले मलाई घाटा पुर्याउदैन, उल्टो राजनीतिक फाइदा गर्छ। अदालत गएर बयान दिनेछु।

सेल्फी खिच्दा चार जनाको मृत्यु

दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन।

बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको ज्यान गयो

भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ।

फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट कैद सजाय तोकी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा भक्तपुर अदालतबाट २०७४ फागुन २९ गते फैसला भई दुई वर्ष कैद सजाय तोकिई फरार रहेका भक्तपुर नगरपालिका–१४ घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने २० वर्षीय किशोर दुवाललाई पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट कैद सजाय तोकी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने बर्ष २० को किशोर दुवाललाई पक्राउ गरेको हो।

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ। चितुवाको आक्रमणवाट भदौ २० गते ज्यान गुमाएका शिवनाथ गाउँपालिका–२ टाडीखर्कका ७ वर्षीय सुदीप मडैको परिवारलाई प्रजिअ आनन्द पौडेलसहित डिभिजन वन कार्यालय, सबै सुरक्षा निकाय, स्थानीय सरकार तथा जनप्रतिनिधिसहितको टोलीले राहत वितरण गरेको हो।

अठार वर्षपछि पक्राउ

नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विसं २०५७ मा तत्कालीन काठमाडौँ महानगरपालिका–३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्यामा संलग्न सिन्धुपाल्चोकका ३८ वर्षीय भीमसेन भण्डारीलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो।

सेती नदीमा डुबेर सातले ज्यान गुमाए

डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन्।

फरार अभियुक्त आठ वर्षपछि पक्राउ

आठ वर्षअघिको कर्तव्य ज्यान मुद्दाका आरोपी वीरेन्द्रनगर–११ गाग्रेतालका कमल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्