५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

फरार अभियुक्त आठ वर्षपछि पक्राउ

सुर्खेत– आठ वर्षअघिको कर्तव्य ज्यान मुद्दाका आरोपी वीरेन्द्रनगर–११ गाग्रेतालका कमल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले २०६८ फागुन १७ गते सुनारलाई दुई वर्ष ११ महिना दुई दिन कैद सजाय सुनाएको थियो। घटना भएदेखि फरार रहेका बुधबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रदिपबहादुर क्षेत्रीले पक्राउ परेका सुनारलाई अदालतमा बुझाएर कैद भुक्तानीका लागि कारागार चलान गरिएको बताए।

प्रकाशित: २३ श्रावण २०७६ १५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App