कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत गाग्रेताल निवासी २८ वर्षीय कमल सुनार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत गाग्रेताल निवासी २८ वर्षीय कमल सुनार रहेका छन्।
कैलालीको काँडा नदीको पश्चिमतर्फ बन्जरिया जंगलसँगै जोडिएको एउटा ठूलो बस्ती छ। जोशीपुर गाउँपालिका–३ मा पर्ने सो बस्तीमा रहेको शिविरमा लगभग पाँच सय घरधुरीमा मुक्त कमैया बस्छन्। सोही वडामा पर्ने अन्य दुई गाउँ बन्जरिया र भगैयास्थित शिविरमा पनि मुक्त कमैयाका करिब तीन सय घरधुरी छन्। बाक्लो बस्ती भए पनि ती ठाउँमा माध्यमिक शिक्षाका लागि भरपर्दो व्यवस्था छैन। शिविरमा कक्षा ५ सम्मको मुक्त कमैया प्राथमिक विद्यालय छ भने नजिकैको गाउँमा कक्षा ८ सम्मको जनजागृति आधारभूत विद्यालय छ।
कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त त्रिपुरासुन्दरी गाउँपालिका–२ का २४ वर्षीय मदन परियारलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गरेको । २०५९ असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा भएको विवाह समारोहमा उनको कुटाइबाट गोरखाको साबिक कान्द्राङ गाविस–१ का ६४ वर्षीय लीलामान परियारको मृत्यु भएको थियो ।
कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ। २०५९ साल असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा विवाहमा गएका गोरखाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भएको थियो।
पोखरीको गहिराइमा डुबेको अवस्थामा दुवैजना भेटिएको दीपशिलाका बाबु दिनेश दर्जीले बताए। छोरीको एउटा चप्पल पोखरीभन्दा केही पर भेटिएको उनी बताउँछन्। पोखरीमा पौडेर खोज्दा पाँच मिनेटको फरकमा पहिले दीपिका र पछि दीपशिलाको शव भेटिएको थियो।
सबारी ज्यानमुद्दामा संलग्न चालक जोगाएको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टर लोकबहादुर जिसी नवलपरासीबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले मंगलबार इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख जिसीलाई पक्राउ गरेको हो।
जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले प्रहरीको अनुसन्धान, आरोपितको बयान र सबुत–प्रमाण तथा सरकारी वकिलको कार्यालयको बयानका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई कर्तव्य ज्यान महलअन्तर्गत अदालतमा मुद्दा दर्ता गरिएको बताए।
गत ठीक एक साताअघि मुस्ताङस्थित ६ हजार तीन सय ४६ मिटर अग्लो हिमाल सारेबुङ आरोहण र सोही भेगको पदयात्राका लागि गएको टोलीका एक सदस्य इटालियन पदयात्री ६८ वर्षीय मार्काे रोकुफ्रान्कुफ्को मोरिलियोलाई ‘हाई अल्टिच्युड’ लाग्यो। उनीसँगै टोलीमा रहेका दुई नेपाली गाइड पनि बिरामी परे। मनाङको नार–फू हुँदै मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ निस्कने क्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङको करिब ५८ सय मिटर उचाइमा उनीहरू बिरामी परेको पदयात्रा व्यवस्थापन गरिदिने नेपाल सेन्चुरी ट्रेक्सलाई थाहा भयो। बिहान पौने १० बजे नै मार्काेसहितका पदयात्री बिरामी परेको जानकारी नेपाल सेन्चुरी टे«क्सका प्रबन्ध निर्देशक तुलसी ज्ञवालीलाई पुगेको थियो। त्यसपछि उद्धारका लागि हेलिकोप्टर खोज्ने र उडान अनुमतिको प्रक्रिया सुरु गरियो।

सप्तरीको राजविराज नगरपालिका–७ की २६ वर्षीया नजराना खातुनलाई तीन वर्षअघि सासू बानो खातुन र जेठानी नुरजहाँ खातुनले जिउँदै जलाएर हत्या गरे। ९० प्रतिशत शरीरको भाग जलेकी उनको उपचारका क्रममा मृत्यु भएको थियो। नजराना खातुनलाई सासू र जेठानीले आगो लगाई कर्तव्य गरी मारेको अभियोगमा प्रहरीले मुद्दा चलायो। उनीहरू दुवै अदालतको आदेशमा जेल चलान भए। स्थानीयका अनुसार दाइजोको निहुँमा नजरानाले सासू र जेठानीबाट लामो समयदेखि घरेलु हिंसा खप्दै आएकी थिइन्। हिंसा सहन नसकेर प्रतिवाद गर्दा उनको हत्या भयो।
कर्तव्य ज्यान मुद्दामा फरार तीनजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरेको छ। २०६३ कात्तिक ७ गते राति देउसी खेल्न जाऔं भन्दा बिरामी भनी नमानेका रुबिभ्याली गाउँपालिका–२ स्थित कामीगाउँका २७ वर्षीय देवबहादुर बिकलाई हेमडल्ला बिकसमेत आठजनाले कुटपिट गरेका थिए। घाइते बिकको उपचारका क्रममा मृत्यु भएको र सोही दिन दाहसंस्कार गरिएको थियो।
काठमाडौं उपत्यकामा गत बुधबार २४ वटा सवारी दुर्घटना भए, जसमा तीन जनाले ज्यान गुमाए भने पाँच गम्भीर तथा १६ सामान्य घाइते भए। यो प्रतिनिधि उदाहरण मात्र हो, उपत्यकामा दिनहुँजसो सवारी दुर्घटना हुने गरेको छ।
कर्तव्यज्यान मुद्दाका १८ वर्षदेखि फरार अभियुक्तलाई सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिपुरले पक्राउ गरेको छ।
साढे चार वर्षअघि एक सय ४५ सयको ज्यान जानेगरी भएको जुरे पहिरो घटनाका पीडितका नाममा संकलित राहत अहिलेसम्म वितरण गरिएको छैन छ। उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन सरोकारवालाले माग गरेका छन्। संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद, पूर्वमन्त्री र राजनीतिक दलका प्रतिनिधिसमेतको उपस्थितिमा बिहीबार बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले पाँच गाउँ सुनकोसीमा विलय गराउने जुरे पहिरोबाट पीडित बनेकालाई राहत दिने विषयमा सरकारले लिएको निर्णय मान्य नहुने अडानसमेत लिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले धनुषाको सबैलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिए।