४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

करेन्टपीडितलाई क्षतिपूर्ति र उपचार

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले धनुषाको सबैलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिए।  

धनुषाको सबैला नगरपालिका–४ कोठिया बल्टियामा विवाहको जन्ती बोकेको बस फर्किने क्रममा करेन्ट प्रवाह भई आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो । मन्त्री पुनले घटनाप्रति दुखः व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको सम्पूर्ण उपचार सरकारले बेहोर्ने बताए। 

करेन्ट लागेर गत शुक्रबार २१ जना घाइते भएका थिए। १९ घाइते अस्पतालबाट डिस्चार्ज भई घरमै उपचार गरिरहेका छन्। दुईजना अस्पतालमै उपचाररत छन्।  

 

प्रकाशित: १५ माघ २०७५ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App