१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

सांकेतिक तस्विर
खोटाङ– कर्तव्य ज्यान मुद्धामा खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका ४३ वर्षीय गोपाल राई जेल चलान भएका छन्।
कर्तव्य ज्यान मुद्धामा अदालतबाट कैंद सजाय सुनाइए पनि ११ वर्षसम्म फरार रहेका राईलाई घरबाटै पक्राउ गरेर जेल पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए। ज्यान मारेको अभियोगमा उनलाई जिल्ला अदालत भोजपुरले २०६५ साल पुस १६ गते ४ वर्ष ११ महिना ४ दिन कैंद सजाय हुने फैसला सुनाएको थियो। 
अदालतको सजाय सुनाइए पनि हालसम्म फरार रहेका राईलाई प्रहरीले कात्तिक १० गते घरबाटै नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालत खोटाङमा उपस्थित गराएपछि कारागार चलान गरिएको प्रहरी निरिक्षक खेरवारले बताए। 

प्रकाशित: १७ कार्तिक २०७६ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App