coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भागरथी हत्याका आरोपितलाई पाँच दिन म्याद थप

दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपितलाई पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटनाका आरोपित दिनेश भट्टमाथि अनुसन्धान गर्न यसअघि पाँच दिनको लागि थपिएको म्याद सकिएपछि थप अनुसन्धान गर्न पाँच दिन म्याद थपिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका भट्टलाई प्रहरीले गत बुधबार सार्वजनिक गरेको थियो । भागरथीका दाई केशव भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेका छन् । कुनै पनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

गत माघ २१ गते दोगडाकेदार गाउँपालिकाको स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथी बलात्कारपछि हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या गरेको आरोपमा उनका भाई नाता पर्ने दिनेश भट्टलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । आरोपीत दिनेशले आफैले बलात्कारपछि हत्या गरेको प्रहरी र सरकारी वकिल समक्ष स्वीकार गरेका छन् ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App