७ आश्विन २०८१ सोमबार
image/svg+xml

भोजपुरका सबै मतदानस्थलमा पुगे कर्मचारीसहितको टोली

मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमार्फत निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका लगायतका सामग्रीसहित कर्मचारी सम्बन्धित मतदानस्थलमा पठाइएको भोजपुरका मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जनाए।

मुलुकका लागि शुभ संकेत

आधारविहीन विभिन्न उपलब्धि तथा स्रोतसाधन र अवसरहरूको अपारदर्शी वितरणप्रति सर्वसाधारणको चासो र चिन्ता बढ्न थालेको वर्तमान अवस्थामा सर्वसाधारणको बढ्दो सचेतनाले उब्जाएका प्रश्नहरूको स्पष्ट जवाफ दिन सम्बन्धित सबैलाई हम्मेहम्मे परेको अवस्था छ

कसका लागि हुँदै छ चुनाव ?

ओद्राहा त्यही दुःखी गाउँ हो जहाँ २ वर्षपहिले मात्र घरैपिच्छे घाइते भएका थिए। गाउँभरिका युवा बटुलेर ठेकेदारले नै रिजर्भ गरी पन्जाब लैजान लागेको बस पल्टेपछि एक जनाको मृत्यु भएको थियो भने प्रायः सबै घाइते भएका थिए। तर पनि खानकै लागि श्रम बेच्न बाध्य यहाँका सदा समुदाय ठेकेदारकै शरणमा पर्नुको विकल्प छैन। र, पुनः पन्जाब पुगिसके।

१५ जिल्लामा उच्च सुरक्षा सतर्कता

झापा, मोरङ, पर्सा, दोलखा, सप्तरी, सिरहा, रौतहट, धनुषा, चितवन, गोरखा, कपिलवस्तु, नवलपरासी, दार्चुला, कैलाली र डडेलधुरालाई निर्वाचन प्रयोजनका लागि सुरक्षा जोखिममा रहेको भन्दै उच्च सतर्कतामा राखेको हो।

नयाँ संसद्लाई सहज छैन आगामी यात्रा

प्रमुख राजनीतिक दलको भूमिका र नयाँ दल तथा स्वतन्त्रहरूको उमेदवारी लहरले नेतृत्व कुन रूपमा कसरी आउँछ भन्ने आकलन गर्न मुस्किल छ। तर राजनीतिक नेतृत्वहरूले भने आ–आफ्नै डम्फु बजाइरहेका छन्।

निर्वाचन कर्मचारीलाई पाँच महिनामा सय प्रतिशत भत्ता

गत भदौ ८ गते निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको तलबभत्ता वा सेवासुविधा सम्बन्धमा आयोगले आन्तरिक रूपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७९ पास गरेको थियो।

मतदानमा हस्तक्षेप भए बल प्रयोगको अधिकार

संघ–प्रदेशको चुनाव गराउन निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९६० कर्मचारी मतदानस्थल पुगिसकेका छन्।

मोरङको निर्वाचन केन्द्रमा सामग्री पुग्यो, १३ हजार जनशक्ति परिचालन

यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी धमाधम हुँदैछ। निर्वाचन सामग्रीसहित सबै निर्वाचन क्षेत्र पुगका कर्मचारी र सुरक्षाकर्मीहरुले तयारी धमाधम थालेका छन्।

भोट खसाल्न गाउँ हिँडे नागरिक (फोटोफिचर)

यहि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। यतिबेला चोकहरुमा भोट खसाल्न भनेर सहरबाट गाउँ जानेको लर्को लागेको छ।

ताम्तीका फेरिए मतदान अधिकृत र सहायक अधिकृत

मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लाको जनजागृति माध्यामिक विद्यालयमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटना भएपछि कर्मचारीको टिम हेरफेर गरिएको छ।

बाँकेमा १ सय ३८ मतदान स्थल, सामाग्री बुझेर कार्यक्षेत्र पुगे कर्मचारी

प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेका तीन वटा निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान स्थल राखिएको छ।

रोल्पामा चुनाव गराउन कर्मचारी मतदान केन्द्र पुगे

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाका लागि रोल्पामा तय भएका ८६ मध्ये प्राय सबैमा निर्वाचनका लागी खटिएका कर्मचारी टोली पुगेका छन्।

इलाममा निर्वाचन सामग्री मतदानस्थलमा पुग्यो, थप तयारी धमाधम

यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तयारी धमाधम भइरहेको छ।

मतदान गर्न गाउँ फर्कनेको लर्को, जुम्ला सदरमुकाम सुनसान

यहि मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ। निर्वाचन आउन दुई दिनमात्र रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्