७ आश्विन २०८१ सोमबार
image/svg+xml

निर्वाचनको स्थिर समय: राजनीतिक गतिविधि ठप्प

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू भएको निर्वाचन आयोगले जनाएको छ।

सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो।

चुनावले छुँदैन प्राकृतिक प्रकोपलाई

असिनाले करोडौंको कृषिजन्य उत्पादन सखाप पार्‍यो। पोखरा महानगरपालिकाले त्यो बेला असिनाले करिब ११ करोड रूपैयाँको कृषिजन्य वस्तु नोक्सान गरेको अनुमान गरेको थियो।

मतदानस्थलमा खटिए कर्मचारी

आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन कर्मचारीहरू ८१ प्रकारका निर्वाचन सामग्री लिएर मतदानस्थलमा खटिएका छन्।

मौन अवधि: ‘उलटफेर’को खेल

निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाएको भए पनि निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रूपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्छ। यही अवधिमा अधिकांश चुनावी आंकलन ‘उलटफेर’ हुने गरेको विगतको अनुभव छ।

मतदाताको मौनता

एक–अर्कामा आश्रित समाजमा मौनव्रत बस्नेहरू पनि पाइन्छन् तर बहुसंख्यक मानिसले आफूमाथि भइरहेको दमन, शोषण, अत्याचार र अन्याय सहेर बसे भने त्यो मानसिक दासत्व ठहरिन्छ, कायरता मानिन्छ।

पुगेन घरघरमा मतदाता शिक्षा

आयोगले मतदाता शिक्षाका नाममा करोडौं खर्च गरे पनि प्रभावकारी हुन नसक्दा आइतबार हुने निर्वाचनमा बदर मत बढ्न सक्ने सम्भावना छ।

समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने

निर्वाचन आयोगले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारलाई पनि परिचयपत्र उपलब्ध गराउने भएको छ।

निर्वाचन तयारी पूराः निर्वाचन आयोग

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पुर्‍याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताए।

निर्वाचन गराउन मतदान केन्द्रतर्फ लागे कर्मचारी

मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन सामाग्री बोकेर कर्मचारीहरु मतदान केन्द्र तर्फ बिहिबार लागेका हुन्।

निर्वाचन सुरक्षाका लागि हरेक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था

निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ।

स्थिर समय र निर्वाचनका दिन नियोकले २ हजार पर्यवेक्षक परिचालन गर्ने

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लाहरुमा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ।

निर्वाचन गराउने टोली गन्तव्य पहिल्याउँदै (फोटोफिचर)

आगामि आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलतिर हिडेका छन्। निर्वाचन गराउन आवश्यक आवश्यक सबै सामाग्री बोकेर सुरक्षाकर्मी सहित कर्मचारी गन्तव्यतिर लागेका छन्।

खाँण र पौडेलकाे जवाफ: प्रदेश राजधानी बुटवलमै ल्याउँछौँ

रुपन्देहीमा लगभग चुनावी मुद्दाजस्तै बनेको प्रदेश राजधानीको विषयमा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका उनीहरूको स्पष्ट धारणा छ– ‘हामीले जिल्लाका सबै नागरिकका आवाज र धरणा बुझेका छौँ, हिजो के भयो र किन भयो भन्ने विषयतिर अहिले जान चाहँदैनौँ, तर प्रदेशको राजधानी बुटवलमा फिर्ता गर्छौँ।’

प्रभावकारी भएन मतदाता शिक्षा

जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले कार्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म सम्बन्धित स्थानीय तहमा समन्वय व्यक्ति तोकेर मतदाता शिक्षाका लागि समन्वय गरेको बताए पनि गाउँघरमा भने कोही पुगेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्