१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मतदान गर्न गाउँ फर्कनेको लर्को, जुम्ला सदरमुकाम सुनसान

यहि मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ। निर्वाचन आउन दुई दिनमात्र रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो।  

निर्वाचन मिति मंसिर  ४  नजिकै आइपुगेको छ। मतदान गर्ने दिन नजिकिँदै गर्दा सहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लहर नै लागेको छ। जुम्लाको सदरमुकाम खलंगाबाट बाहिरिने यात्रुको पनि निकै चाप छ। जुम्ला बजारमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू केही दिनलाई कामको चाँजोपाँजो मिलाएर आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन्।

निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि जुम्ला बजारमा रहेकाहरू गाउँघर फर्कन थालेका हुन्। चुनावमा आफूले रोजेको र जनताको समस्यालाई हल गर्ने नेतालाई भोट हाल्न अहिले सदरमुकाममाबाट दर्जनौं भन्दा बढी यात्रु बाहिरिएका छन्।

अन्य ठाउँ तथा राजधानी,सुर्खेत ,नेपालगंजबाट आउदै छन्। बजारबाट गाउँ फर्किनुपर्ने हुँदा हिजो आज जुम्लाको बसपार्कमा यात्रुहरूको निकै भीडभाड हुने गरेको छ। शुक्रबार  बिहानै जहान परिवारसहित बस पार्कम भेटिए सिँजाका भक्त बुढा। उनी विगत १० वर्षदेखि अधिकांश समय जुम्लाको सदरमुकाममा  बस्दै आएका छन्। जहान परिवार बटुलेर घर फर्किएका बुढा शुक्रबार वसपार्क पुगेका थिए। उनले भने गाउँबाट फोन गरेर सबैले चुनाव आयो आउनुपर्यो भन्न थाले।

भोट हाल्यो भने केही विकास हुन्छ कि केही राम्रो हुन्छ कि भनेर जान लागेको छु। कतिपय जुम्ला बजारबाट पैदल गरेर आफ्नो गाउँघर गएका छन् भने  कतिपय पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट बस रिजर्भ गरी मतदाताहरूलाई लगेको पाइएको छ।

एकसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता छन्। प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा जम्मा ३६ हजार सात सय ८३ मतदाता छन् भने  क्षेत्र नं २ मा ३१ हजार ८ सय ५५ मतदाता  छन्। जुम्लामा १ हाजार ९ सय ५४ जना सुरक्षाकर्मीहरु खटिएका छन्। ८ सय ४३ म्यादी प्रहरी , २ सय २६ नेपाल प्रहरी ,४ सय ५० नेपाली सेना , र २ सय ३५ शसस्त्रप्रहरी छन्।  

जुम्लामा १ सय ६ मतदान केन्द्र  स्थायी र दुइ अस्थायी गरी १ सय ८ मतदान केन्द्र र ८६ मतदान स्थल छन्। निर्वाचनको लागी  ८ सय ४८  कर्मचारीहरु खटाइएको छ। निर्वाचनलाई लक्षित गरी मतदानस्थल रहेका शिक्षण संस्थाहरू कात्तिक ५ गतेसम्म बन्द भएका छन्। यस्तै, सरकारी कार्यालय र सार्वजनिक निकायहरू ४ र ५ गते बन्द हुने छन्। 

प्रकाशित: २ मंसिर २०७९ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App