१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रोल्पामा चुनाव गराउन कर्मचारी मतदान केन्द्र पुगे

तस्बिर: निर्वाचनमा खटिदै कर्मचारी। दिनेश /नागरिक

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि रोल्पामा तय भएका ८६ मध्ये प्राय सबैमा निर्वाचनका लागी खटिएका कर्मचारी टोली पुगेका छन्।  

प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले टाढाका मतदान स्थलमा जाने कर्मचारीहरु सम्बन्धीत ठाउँमा पुगेको बताए। ‘कर्मचारी टोली सबै पुग्यो। टाढाका नजिक केन्द्र रहेका सबै स्थानमा कर्मचारी पुगिसक्नु भयो।’ यहाँ बाक्लो सुरक्षाकर्मी सहित कर्मचारी र सामाग्री पठाइएको हो।  

सापकोटाले सुरक्षाका हिसाबले रोल्पामा शान्तिपुर्ण बाताबरण रहेको बताए। ‘मतदाताहरु ढुक्क संग भोट हाल्न जाने अवस्था छ।’ उनले निर्वाचनका सम्पुर्ण तयारी सकिएको बताउदै भने ‘अब निर्वाचन सम्पन्न भए पछि मतपेटिका सदरमुकाम ल्याउने तयारी मात्र बाकि छ।’

रोल्पामा निर्वाचनका लागी मतदान अधिकृत १ सय ७७ सहित १ हजार ४ सय ५ जना कर्मचारी खटिएका छन्। यहाँका ८६ मध्ये ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन्। जिल्लाका ४२ मतदान स्थल संवेदनशील र १३ मतदान स्थल सामान्य रहेको एक सुरक्षा अधिकारीले बताए।    

प्रकाशित: २ मंसिर २०७९ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App