२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ताम्तीका फेरिए मतदान अधिकृत र सहायक अधिकृत

मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लाको जनजागृति माध्यामिक विद्यालयमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटना भएपछि कर्मचारीको टिम हेरफेर गरिएको छ।

मतदान केन्द्रमा नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठ निर्वाचन अधिकृत र गङ्गाप्रसाद पाण्डे सहायक निर्वाचन अधिकृतसहितको टोली खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।  

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित चार जना कर्मचारी खटिएका हुन्। अधिकृत र सहायक अधिकृतसहित सहायक कर्मचारी मुनराज रोकाया र कार्यालय सहयोगी रमेशप्रसाद चौलागाई सो क्षेत्रमा खटिएका हुन्।

यसअघि हरिप्रसाद देवकोटा र सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने खटाइएको थियो। बिहीबार ताम्तीको मतदान केन्द्र जाँदै गरेको गाडी तिला ४ रावतवाडामा दुर्घटनामा परेर घाइते भएपछि अर्को टोली खटाइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा सो मतदान केन्द्रमा प्रहरीको टोली खटाइएको छ। दुर्घटनामा प्रहरी नायब निरीक्षक सीताराम दराईसहित टोली घाइते भएपछि प्रहरीको टिम पनि फेरिएको हो।  

मतदान केन्द्रमा पुगे कर्मचारी

जुम्लाको सदरमुकाम खलङ्गादेखि टाढाका मतदान केन्द्रका कर्मचारी सबै गाउँ पुगेका छन्। बुधबार र बिहीबार दुर्गम र टाढा स्थानको निर्वाचन सामग्री सम्बन्धित मतदान अधिकृतले गाउँ पठाइएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस विष्णुप्रसाद गौतमले बताए।

सदरमुकामबाट टाढाका सबै मतदान अधिकृतसहित कर्मचारीको टोली गाउँ पुगेर काम सुरु गरिरहेका र नजिकका पनि सबै पठाइएको हो।  सिंजा गाउँपालिकाको मालिका मावि धापा ९ख० का निर्वाचन अधिकृत श्रीकृष्ण देवकोटाले बुधबार नै आफूहरु निर्वाचन सामग्री सुरक्षित ल्याएर काम सुरु गरेको  जनाए।

यता कनकासुन्दरी गाउँपालिका १ महादेव माध्यमिक विद्यालयका मतदान अधिकृत शेरबहादुर भण्डारीले आफ्नो टिम पनि मतदानस्थलमा पुगेर काम सुरु गरेको बताए। जिल्लाभर कुल १  सय ८ मतदान केन्द्र, ८३ वटा मतदानस्थल छन्। जसमा दुई अस्थायी मतदानस्थल कायम गरिएको छ। जिल्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता छन्।  प्रदेशसभा निर्वाचन ९क० मा ३६ हजार ७ सय ८३ र प्रदेशसभा (ख) मा ३१ हजार ८ सय ५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७९ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App