स्थानीय बजारमा सुनचाँदीको मूल्यले फेरि कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको तीन लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी भने छ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन तोलामा तीन लाख एक हजार ४०० र चाँदी छ हजार १९० मा कारोबार भएको थियो। यसरी आज सुन २४ सय रुपैयाँ बढेको छ भने चाँदी २९० रुपैयाँ बढेको छ।
प्रकाशित: ११ माघ २०८२ १०:५९ आइतबार





