समाजभित्रको अतिवाद
कागजका डिग्री र पुस्तक पढेकाहरूभन्दा समाजको धरातल बुझेकासँग रहेको ज्ञान, सूचना र अनुभूतिलाई समेट्दै सरकार र समाजबीच निर्मित खाडल पुर्ने सुरुवात गरिनुपर्छ
राजनीतिक दलभित्रका आपसी खिचातानी, आरोप/प्रत्यारोप, दिनानुदिन बढ्दो भ्रष्टाचार र बेथितिका समाचारहरूले सर्वसाधारणका मनमा एकातिर प्रश्नहरूका तगारो बढ्दैछ भने अर्कोतर्फ अन्धभक्तिबाट निस्की सुसूचित हुँदै राजनीतिक दलप्रतिको अन्ध आस्था भन्दा माथि उठी सोच्नलाई समेत प्रेरित गर्दैछ।
अध्यादेशमार्फत जेठ १५ गते संघीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को आय–व्ययको सार्वजनिक जानकारी वक्तव्यको बुँदा नम्बर १९९ अहिले अत्यधिक चर्चामा छ। विषय एउटै भए पनि त्यसको विभिन्न कोणबाट व्याख्या र प्रस्तुति गरिएको देखिन्छ जुन आफैँमा राम्रो संकेत हो तर विडम्बनाको निरन्तरता नै भन्नुपर्छ समाजका विभिन्न महत्वपूर्ण अन्य विषयझैँ यसको पनि समाजशास्त्रीय दृष्टिकोणमा आधारित रही विश्लेषण गरिएको देखिँदैन।