१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
Bashant Khadka
वसन्त खड्का


वसन्त खड्काका लेखहरु :

आवरण सन् २०२२: राजनीतिक किचलोमै बित्यो

यो वर्ष नेपालको छिमेकीसँगको सम्बन्धका हिसाबले औसत रह्यो। छिमेकी भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदीसहितका कतिपय उच्च अधिकारीले नेपाल भ्रमण गरे भने चीनबाट पनि तेस्रो वरीयताका अधिकारीसहित उच्चस्तरीय भ्रमणहरू भए। नेपालबाट पनि उच्चस्तरीय भ्रमणहरू भए। तर सीमा विवाद लगायत अन्य विषय यो वर्ष पनि यथावतै रहे।

सत्ता मोलमोलाइमा शक्तिशाली

गठबन्धनका तर्फबाट सबैभन्दा ठुलो दलका रूपमा स्थापित नेपाली कांग्रेसले पहिलो चरणमै दाहाललाई प्रधानमन्त्री दिन आनाकानी गरेपछि अन्तिम चरणमा दोस्रो ठुलो दल एमालेसहितका दललाई लिएर उनी प्रधानमन्त्री बन्न सफल भए।

कूटनीतिक भेटमा परराष्ट्र बेखबर !

मेयर शाहले रावललाई सामाजिक सञ्जालमै जवाफ दिँदै अमेरिकी राजदूतले पटकपटक भेट्न खोजेको तर आफूले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएमात्र भेट्ने बताएपछि परराष्ट्रको अनुमतिअनुसारै भेट भएको प्रस्ट्याए।

नेपाल कूटनीतिक नोट लेख्छ, भारत सुन्दैन

भारतले सो सीमा क्षेत्रमा महाकाली नदीको बहाव फर्काउने गरी तटबन्ध निर्माण गरिरहेको विषयमा नेपालले मंगलबार मात्र भारतलाई कूटनीतिक नोट लेखेको छ।

‘सत्तामोह’ले निरन्तर खुम्चँदै माओवादी

पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठुलो दलका रूपमा उदाएको नेकपा माओवादीले प्रत्यक्षतर्फ १२० सिटसहित ३१ लाख ५४ हजार ५१९ र समानुपातिकतर्फ १०० सिटसहित ३१ लाख ४४ हजार २०४ मत पाएको थियो। माओवादी एक्लैले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा जित हासिल गरेको थियो।

छिटपुटबाहेक शान्तिपूर्ण मतदान

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि आइतबार भएको प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो निर्वाचनमा आम जनताको उत्साहजनक सहभागिता देखिएन।

मतदानमा हस्तक्षेप भए बल प्रयोगको अधिकार

संघ–प्रदेशको चुनाव गराउन निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९६० कर्मचारी मतदानस्थल पुगिसकेका छन्।

प्रतिस्पर्धामा पुरानै अनुहार

सिलवाल र राणा २०७४ सालको निर्वाचनका पनि प्रतिस्पर्धी हुन्। २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सिलवाल २६ हजार ९५१ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राणाले २० हजार ७२९ मत पाएका थिए।

‘शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन’

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा उक्त दलले आगामी पाँच वर्षलाई लक्षित गर्दै निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो।

भारतलाई कूटनीतिक नोट

सीमा क्षेत्र महाकाली नदीकिनारमा भारतीय पक्षले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर शुक्रबार दार्चुलाका नौ वर्षीय पवन महराको मृत्यु भएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट दिएको छ।

दोस्रो तहका हेभिवेटबीच संग्राम

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट दोस्रो तहका प्रभावशाली नेताद्वय देवप्रसाद गुरुङ र पृथ्वी सुब्बा गुरुङले प्रतिस्पर्धा गर्दैछन्।

राजनीतिमा स्थापित दाहाललाई २९ वर्षीय तन्नेरीको चुनौती

चितवन–३ बाट निर्वाचन उठ्ने तयारी गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम समयमा गोरखा–२ रोजेपछि अहिले उक्त निर्वाचन क्षेत्र चर्चामा छ।

युक्रेनकाे पक्षमा नेपालको भोट

नेपालले युक्रेनविरुद्ध रुसले गरेको आक्रमण र युक्रेनका भूभाग रुसमा गाभ्न गरिएको जनमत संग्रहको निन्दा गर्दै संयुक्त राष्ट्रसंघ महासभाबाट पारित प्रस्तावका पक्षमा भोट गरेको छ।

‘नेपालमा प्रभाव बढाउन उच्चस्तरीय भ्रमण’

चिनियाँ कम्युनिस्ट पार्टीका तेस्रो बरियताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सु तीन दिवसीय भ्रमणका लागि सोमबार काठमाडौं आउँदै छन्।

कोप २७ नेपालका लागि महत्त्वपूर्ण अवसर

नोभेम्बर ६ देखि १८ सम्म इजिप्टमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७औं सत्र (कोप २७) पेरिस सम्झौता कार्यान्वयनमा केन्द्रित हुने भएकाले नेपालसहित अल्पविकसित र विकसित मुलुकका लागि निकै महत्त्वपूर्ण साबित हुन सक्ने सरोकारवाला बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्