५ आश्विन २०८१ शनिबार
image/svg+xml

आकर्षक नारा, भड्किलो प्रचार

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका सबैजसो उम्मेदवारले आकर्षक नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

स्वतन्त्र उम्मेदवारीले गठबन्धन र एमालेलाई ‘टाउको दुखाइ’

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरू गठबन्धन र एमालेका लागि ‘टाउको दुखाइ’ को विषय बनिरहेका छन्।

मृत्यु भएका मतदाताको नाम हटाइएन

दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन। विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो।

निर्वाचनमा ७० किसिमका सामाग्री प्रयोग हुने

आयोगको सूचीमा समान्यभन्दा सामान्यदेखि महत्वपूर्ण सामाग्री छन्। सलाई, सियो, धागो, कोरा कपडाका थैला, डोरी, कालो र रातो रंगका कलम, पिन, एस्टाब्लर, पञ्चिङ मेसिन, लाहा, रबर र पित्तलको स्वस्तिक छाप, रंगिन र श्यामस्वेत फोटासहितको मतदाता नामावली, मतपेटिका छेकबार, नेपाली कागज, फोटोकपी पेपर चुनावमा प्रयोगमा आउने सामान्य सामाग्री हुन्।

शाख जोगाउन शीर्ष नेता गृहगाउँ केन्द्रित घरदैलो

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका शीर्ष नेताहरु गृहगाउँ केन्द्रीय घरदैलोमा सक्रिय छन्।

निर्वाचन स्थलमै निर्णय गर्न सक्ने अधिकारसहित आयोगले खटायो अनुगमन टोली

निर्वाचन आयोग ऐन, २०७३ का दफा ५ प्रयोग गरी आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो।

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

जिल्लामा ७४ मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई शनिबारदेखि बेनीमा तालिम आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिए।

स्थानीय तह निर्वाचनः मधेशमा सबैभन्दा बढी उम्मेदवारी

निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९२४ उम्मेदवारी परेको जनाएको छ।

उम्मेदवारसँग मतदाता माग्छन्: पूर्वाधारसँगै आर्थिक विकास

स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा गाउँदेखि शहरसम्म सरगर्मी बढिरहेको छ। साना–ठूला दलका तथा स्वतन्त्र उम्मेदवार आ-आफ्ना चुनावी एजेण्डासहित जनताको घरदैलो गरिरहेका छन्।

ललितपुरमा पकड जमाउन एमालेलाई कठिन

अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारले १ हजार ४१ मतान्तरले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका महालक्ष्मी नगरपालिकामा अहिले कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ।

उम्मेदवारी दर्तामा दलहरूको समानता चरित्र देखिएन

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तामा दलहरू संविधानको व्यवस्था कार्यन्वयनमा उदासीन देखिएका छन्।

निर्वाचनका लागि बैतडीमा एक हजार बढी कर्मचारी खटाइँदै

स्थानीय तह निर्वाचनका लागि बैतडीमा १ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्। जिल्लाका १ सय २९ मतदानस्थल र २ सय ५ मतदान केन्द्रमा १ हजार १८ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

चेपाङ वडाध्यक्षका उम्मेदवारहरु भन्छन्ः अब आफैं नेतृत्व चाहन्छौं

स्थानीय तहको निर्वाचनमा धादिङमा चेपाङ समुदायबाट ६ जना वडा अध्यक्षका उम्मेदवार छन्। सिमान्तृत चेपाङहरुले अन्य जनजाती र बाहुन क्षेत्री उम्मेदवारसँग प्रतिष्पर्धा गर्दैछन्।

मतदाताको गुनासोः आज सम्म कहाँ थियौ?

सत्ता पक्ष अर्थात निर्वाचितहरू गाउँको सरकार चलाउन व्यस्त थिए भने प्रतिपक्ष पनि कहिल्यै जनता माझ फर्केनन्। ‘हाम्रा समस्याका बारेमा कसैले कहिल्यै चासो नै दिएनन्। चुनाव जितेर काम गर्नेले कार्यकर्ताकै मागका आधारमा गरे भने हार्नेले पनि कुनै भुमिका खेलेनन्।’ रोल्पा नगरपालिकाका एक कांग्रेस कार्यकर्ताले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्