२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

आसन्न स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ।

जिल्लामा ७४ मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई शनिबारदेखि बेनीमा तालिम आयोजना  गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिए। 'धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाका पुरै, रघुगङ्गाको ४, ५, ६, ७ र ८ का मतदान र सहायक मतदान अधिकृतलाई शनिबार र बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगङ्गाको १, २ र ३ नम्बर वडाका अधिकृतलाई आइतबार तालिम सञ्चालन गर्दछौँ,' उनले भने।

तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ। उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारक्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए। छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी गरी ८५ हजार ३७५ मतदाता छन्।

दुईसय पैँतिस पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्र्धामा धन्। मतदान र सहायक मतदान अधिकृत नियुक्तिसँगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा व्यवस्थालाई चुस्त पारिएको प्रजिअ रानाले बताए। रासस

प्रकाशित: २४ वैशाख २०७९ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App