१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ओली पक्राउको विरोधमा माइतीघरमा तीन बजे प्रदर्शन हुने

पूर्वप्रधानमन्त्री  केपीशर्मा ओलीको पक्राउलाई प्रतिशोधपूर्ण र बदलाभावयुक्त कदम भन्दै विरोधमा आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ।

नेकपा एमालेनिकट विभिन्न जनसंगठनहरूले आज अपराह्न ३ बजे माइतीघरमा विरोध प्रदर्शन आयोजना गर्न लागेको जनाएका छन्।  

आज बसेको सचिवालय बैठकले ओलीको पक्राउलाई लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। बैठकले देशभरका पार्टी संरचनामार्फत आन्दोलन चर्काउने कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्णयअनुसार आज दिउँसो ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको नेतृत्वमा विरोध प्रदर्शन गर्ने तय गरिएको छ। 

प्रकाशित: १४ चैत्र २०८२ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App