२० आश्विन २०८१ आइतबार
image/svg+xml

राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै उद्योगी, ब्यवसायी आन्दोलित

कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित भएको उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीतिमार्फत राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन् ।

भरतपुरका किसानले पाए राहत

गैंडाकोट नगरपालिकामा गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । कृषि मन्त्रालयमार्फत विनियोजित रकम सो नगरपालिकाले किसानलाई प्रदान गरेको हो ।

राहतस्वरुप १०० बोरा चामल

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा राहतस्वरुप १०० बोरा चामल वितरण गरिएको छ। कोरोनाको महामारीसँगै दैनिकी सञ्चालनमा समस्या परेका सर्वसाधारणलाई लक्षित गरी प्रतिपरिवार २५ किलोग्रामका एक/एक बोरा चामल राहतस्वरुप प्रदान गरिएको राहत संयोजक टेकबहादुर गुरुङले जानकारी दिए।

युवा व्यावसायी पछाइँले जन्मदिनमा गरे क्वारेन्टिनमा खाद्य सामाग्री सहयोग

घोराहीका एक युवा व्यवसायिले आफ्नो जन्मदिन पारेर घोराही १५ स्थित क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई खाद्य सामाग्री सहयोग गरेका छन् । घोराही स्थित बेनेली मोटरसाईकल शोरुमका सञ्चालक सन्जिव पछाईँले आइतबार आफ्नो जन्मदिनका अवसरमा घोराही १५ स्थित पद्मोदय पब्लिक नमुना मावि क्वारेन्टिनमा रहेका नागरिकहरूलाई खाद्य सामाग्री सहयोग गरेका हुन् ।

खोटाङका ८८ परिवारलाई राहत

राङज्यूङ येशे शेनफेन नामक सामाजिक संस्थाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय माविमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई राहत प्रदान गरेको छ ।

सिंचाई पोखरीले राहत

हिउँदको समयमा पानी अभावका कारण सुख्खा रहने करिब २ सय ४३ रोपनी जमिनमा सिंचाई हुने गरी पहाडी साना किसानका लागि अनुकुलन आयोजना अन्तर्गत आशा परियोजनाले पोखरी बनाइदिएपछि गजुलबासी दंग छन्। सिंचाई अभावका कारण हिउँदभर सुख्खा रहने सुनिलस्मृति गाउँपालिका वडा नं. ६, गजुलकोट गाउँमा अब भने बाह्रै महिना सिंचाई हुने भएको छ । पोखरी बनेपछि स्थानीयले राहतको महसुस गरेका छन् ।

पोखरेली युवाहरूले गरे राहत वितरण

पोखरेली युवाहरूको एक समूहले पोखरामा ठूलो मात्रामा राहत वितरण गरेका छन्। विश्वकप फुटसल खेलेका पोखरेली युवा वरदान तांवे लामा, ब्याडमिन्टनका अन्तराष्ट्रिय खेलाडी भुगोल गुरुङ, दी एज ब्याण्डका जीवन गुरुङलगायतका २५÷२६ जना युवाहरूको समूहले पोखराका १४० जनालाई राहत वितरण गरेका हुन् ।

तीन महिनादेखि राहतको पर्खाइमा असिना पीडित

‘हामी तुरन्तै छानो दिन्छौँ भनेर ठूला ठूला नेता, मन्त्री, सांसदले घर हेरेर फर्केर गए । असिना परेको तीन महिना बित्यो तर हामीले केही पाएनौ ,’ बर्षामा भिजेरै गुजारा गरिरहेकी उनले भनिन्, ‘पैसा छैन कहाँबाट मर्मत गराउने अनि छानो हाल्ने ? बर्षा भएपछि छोराछोरीलाई अरुको घर पठाइदिन्छौँँ ।’

सांसदले भने : शिक्षकलाई राहत,व्यवसायीलाई ब्याज मिनाहा

‘निजी विद्यालयमा कार्यरत शिक्षकले चैतदेखि तलब पाएका छैनन् । चैतदेखि जेठसम्म त विद्यालय बन्दै थिए, उनीहरूले तलब पाउने कुरै भएन,’ उनले भनिन्, ‘असार १ गतेबाट अनलाइनमार्फत पढाउन थालियो तर अनलाइनको नाममा शुल्क लिन पाइँदैन भनेर विद्यार्थी संगठनले दबाब दिएका छन् ।' ’स्नेहीले महिनौंदेखि व्यवसाय ठप्प भएर दैनिकी नै चल्न गाह्रो भएको अवस्थामा व्यवसायीले ब्याज तिर्न नसक्ने भएकाले मिनाहा गरिदिन सरकारसँग आग्रह गरेका हुन् ।

तेक्वान्दो डोजाङ प्रमुखलाई राहत

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलकुदको विकासका लागि एकीकृत कोष स्थापना गर्ने महानगरपालिको सोच रहेको उल्लेख गरेका छन्। ‘खेलकुदको विकासका लागि एकीकृत कोष आवश्यक छ,’ उनले भने, ‘कोष स्थापना गर्न सकिए खेलकुदको विकासमा नयाँ आयाम हुनेछ।’

संक्रमितसँगै घर फर्किनेको संख्या बढ्दै

कोरोना संक्रमण पुष्टि भएकाको संख्या लगातार बढ्दा त्रसित प्रदेशवासीका लागि निको भएर घर फर्किनेहरुको संख्याले राहत संचार गरेको छ । प्रदेश २ मा संक्रमितको संख्याको अनुपातमा निको भएर घर फर्किनेको संख्या पनि बढ्दा जनतामा त्रास घटेको हो । आइतबारसम्म २ हजार ९ सय २ जनामा संक्रमण पुष्टि भएकोमा ९ सय ५२ जना निको भएर घर जान पाएका हुन् । पुष्टि भएका कुल संक्रमितमध्ये निको हुने करिब ३५ प्रतिशत छ ।

८५ घर परिवारलाई राहत

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ८५ घर परिवारलाई राहत बाँडिएको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई छानेर आइतबार चामल, दाल, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको हो ।

गरिब र विपन्न परिवारलाई राहत वितरण

सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा शनिबार जनकपुरधाम उपमहानगरपालिका गरिब र विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

लकडाउन पीडितलाई कांग्रेसको राहत

नेपाली कांग्रेस खोटाङले काठमाडौं उपत्यकामा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका सर्वसाधारणलाई राहत बाँडेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका क्रममा लागू गरिएको लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका करिब एक हजार दुई सय परिवारलाई कांग्रेसले चामल, दाल, नुन, तेल, तरकारी लगायतका खाद्य सामग्री प्रदान गरेको हो ।

‘पर्यटनकर्मीलाई सहुलियत ऋण चाहियो’

सरकारले पर्यटनकर्मीको लाइसेन्स, नागरिकता वा प्रमाणपत्रका आधारमा कम्तीमा २५ लाख रुपैयाँ सहुलियत ऋण दिएमा मात्र हामी व्यवसायमा टिकिराख्ने वातावरण बन्न सक्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्