१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युवा व्यावसायी पछाइँले जन्मदिनमा गरे क्वारेन्टिनमा खाद्य सामाग्री सहयोग

घोराहीका एक युवा व्यवसायिले आफ्नो जन्मदिन पारेर घोराही १५ स्थित क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई खाद्य सामाग्री सहयोग गरेका छन् । घोराही स्थित बेनेली मोटरसाईकल शोरुमका सञ्चालक सन्जिव पछाईँले आइतबार आफ्नो जन्मदिनका अवसरमा घोराही १५ स्थित पद्मोदय पब्लिक नमुना मावि क्वारेन्टिनमा रहेका नागरिकहरूलाई खाद्य सामाग्री सहयोग गरेका हुन् । 

उनले घोराही १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेलाई क्वारेन्टिन स्थलमा चामल, दाल, नुन, तेल , अण्डा लगाएका खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् । ‘अहिले क्वारेन्टिनमा बसिरहनु भएका नागरिकहरुको खानपानमा थोरै भएपनि सहजता होओस् भन्ने उदेश्यले मैले खाद्य सामाग्री सहयोग गरेको हुँ,’ पछाईँले भने ‘जन्मदिनलाई सामाजिक कार्यमा उपयोग गरौँ भन्ने अभिलाषा जाग्यो ।’ 

सहयोग सामाग्री बुझ्दै वडा अध्यक्ष पाण्डेले पछाईँले क्वारेन्टिनमा बसेकाहरूलाई गरेको सहयोगको प्रशंशा गरेका थिए । अहिले यो क्वारेन्टिनमा २२ जना नागरिक बस्दै आएका छन् ।

प्रकाशित: १४ असार २०७७ ०५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App