६ वैशाख २०८१ बिहीबार
समाज

राहतस्वरुप १०० बोरा चामल

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा राहतस्वरुप १०० बोरा चामल वितरण गरिएको छ। कोरोनाको महामारीसँगै दैनिकी सञ्चालनमा समस्या परेका सर्वसाधारणलाई लक्षित गरी प्रतिपरिवार २५ किलोग्रामका एक÷एक बोरा चामल राहतस्वरुप प्रदान गरिएको राहत संयोजक टेकबहादुर गुरुङले जानकारी दिए।

 उनका अनुसार साविक कास्कीको दाङसिङ गाविस–३ उपल्लोथरका लाम्छाने गुरुङको समन्वय एवं सहयोगमा जल्गेनी, सिबिके, खिउ, खाउने, एक्ले, सारक्यु, छेदगाउँ, दाङसिङ गाउँ, लामाखेतलगायत स्थानका बासिन्दालाई सहयोग उपलब्ध गराइएको हो।

 कोरोनाका कारण रोगले भन्दा भोकले ज्यान गुमाउने अवस्था आउन लागेको अवस्थालाई दृष्टिगत गरी अभियानमा बेलायत, अमेरिका, जर्मनी, बेल्जियम, हङकङ, कोरिया, अफगानिस्तानलगायत विभिन्न देशमा कार्यरत साथै पोखरामा बस्दै आएका दाङसिङ उपल्लोथरका लाम्छाने गुरुङको सामूहिक प्रयासमा सहयोग जुटाइएको गुरुङले बताए।

प्रकाशित: २२ असार २०७७ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App