coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखरेली युवाहरूले गरे राहत वितरण

पोखरेली युवाहरूको एक समूहले पोखरामा ठूलो मात्रामा राहत वितरण गरेका छन्। विश्वकप फुटसल खेलेका पोखरेली युवा वरदान तांवे लामा, ब्याडमिन्टनका अन्तराष्ट्रिय खेलाडी भुगोल गुरुङ, दी एज ब्याण्डका जीवन गुरुङलगायतका २५÷२६ जना युवाहरूको समूहले पोखराका १४० जनालाई राहत वितरण गरेका हुन् । उनीहरूले पोखरा–१० तथा आसपासका क्षेत्रमा बस्दै आएका अतिविपन्न, अपांग तथा असक्तहरूलाई १५ केजी चामल, तेल, दाल, नुन, साबुनलगायतका सामग्री वितरण गरे ।

आफूहरूले करिब ३ लाख बराबरको राहत सामग्री वितरण गरेको राहत वितरणका अभियन्ता वरदान तांवे लामाले जानकारी दिए । राहतका लागि वेलायत बस्दै आएका पोखरेली नरबहादुर गुरुङले एक लाख भन्दा बढी सहयोग गरेको उनले बताए । अन्य रकम भने आफूहरूले कसैले पाँच हजार त कसैले १० हजार संकलन गरेर राहत वितरण गरेको उनले बताए । ‘१०८ जना वडाले सिफारिस गरेको हो,’ तांवेले भने, ‘वडाले सिफारिस गरेर छुटेका ३२ जनालाई पनि हामीले थपेर राहत वितरण गरेका हौं ।’ आर्थिक स्थिति नाजुक भएकाहरूलाई वडाले राहतका लागि छुटाएकाले आफूहरूले आफैले बोलाएर राहत दिएको उनले बताए ।

लकडाउन खुकुलो भएपछि कसैलेपनि राहत वितरण नगर्दा कमजोर आर्थिक अवस्था भएकाहरूलाई साँझ विहान हातमुख जोर्न समस्या देखेकाले राहत वितरण गरेको युवाहरूले बताएका छन् । ‘लकडाउनका समयमा धेरैले राहत वितरण गरे,’ तांवेले भने, ‘तर लकडाउनपछि नत सरकारले हेर्यो, नत अन्य कसैले राहत वितरण गरे, त्यसैले कोरोना र लकडाउनका कारण दैनिक गुजारा गर्न नसक्नेहरूलाई हामीले सक्दो सहयोग गरेका हौं ।’

प्रकाशित: १२ असार २०७७ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App