८ वैशाख २०८१ शनिबार
समाज

भरतपुरका किसानले पाए राहत

गैंडाकोट नगरपालिकामा गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । कृषि मन्त्रालयमार्फत विनियोजित रकम सो नगरपालिकाले किसानलाई प्रदान गरेको हो ।         

नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आज आयोजित कार्यक्रममा गैँडाकोटका किसानलाई प्रतिकट्ठा  ६ सय ४० का दरले क्षतिपूर्ति रकम उपलब्ध गराउ । नगरपालिकाको १० देखि १८ नं वडाका किसान गरिमा धानमा बाला नलागेपछि पीडित बनेका थिए । नगरपालिकाले प्रतिकठ्ठा रु छ हजार क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको थियो ।        

उहाँले केही नहुनुभन्दा थोरै भए पनि किसानलाई राहत भएकोे र यस वर्षदेखि माटो परीक्षणको व्यवस्था मिलाउने जानकारी दिए । गत वर्ष नेपालमा गरिमा जातको धान नवलपुर, चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ जिल्लामा बढी लगाइएको थियो ।          

सो अवसरमा वडा नं १२ का वडाध्यक्ष वीरबहादुर थनेत, वडा नं ११ का वडाध्यक्ष गोविन्द सुवेदी, वडा नं १३ का वडाध्यक्ष पदमलाल पौडेल र वडा नं १० का वडा सदस्य कृष्णप्रसाद सापकोटालगायतको सहभागिता थियो । 

प्रकाशित: २३ असार २०७७ ०५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App